कम्युनिस्ट नेता लामाको निधन-Sutra News

कम्युनिस्ट नेता लामाको निधन

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

लहान- कम्युनिस्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिस्ट नेता इन्द्रलाल लामाको ८२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित उनको आइतबार मृत्यु भएको हो ।



गोलबजार नगरपालिका-६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारिक स्रोतले बताएको छ । विसं १९९५ फागुन १४ गते जन्मिनुभएका लामा २०१६-०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए ।

तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिस्ट पार्टीमा प्रवेश गरेका लामा उनीहरूको विचारसँग सहमति हुन नसकेपछि जयगोविन्द साहको नजीक भएर काम गरेका थिए ।

उनी कम्युनिस्ट पार्टीको चौंथो महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

यसैबीच लामाको पार्थिव शरीरमा नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश), पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट