पूर्वप्रधानमन्त्री डा.भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै-Sutra News

पूर्वप्रधानमन्त्री डा.भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

दिल्ली- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा सोमबार स्वास्थ्य परीक्षण हुँदैछ ।



दिउँसो १ः३० बजे उनको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुने छ ।

स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात मात्रै रोगको निर्क्यौल हुनुका साथै उपचारका बारे के कसो गर्ने भन्ने टुंगो लाग्ने छ ।

डा.भट्टराई उपचारका लागि आइतबार दिल्ली प्रस्थान गरेका थिए ।

उनले उपचारका लागि विदेश आउनुपर्दा आफू लज्जित भएको सामाजिक सञ्जालमार्फत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट