‘अर्जुन रेड्डी’ नेपाली भर्सनको लिड कलाकारका लागि अडिसन हुँदै-Sutra News

‘अर्जुन रेड्डी’ नेपाली भर्सनको लिड कलाकारका लागि अडिसन हुँदै

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

काठमाडौं- सुपरहिट साउथ इन्डियन तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागि निर्माण टिमले कलाकारको खोजी गरेकाे छ । निर्माण तथा वितरणका लागि अनुमति लिएको युवा फिल्म्सले अहिले कलाकारको अडिसन गर्ने तयारी गरेकाे छ । 



फिल्मलाई विशाल सापकोटाले निर्देशन गर्दैछ्न् । करिब १ वर्ष अघि नै निर्माण घोषणा भए पनि कोरोनाका कारण फिल्म पछि सरेको थियो । फिल्मका लागि नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ ।

केही महिना अघि नै अर्जुन रेड्डीको रिमेक बन्ने समाचार बाहिरिएको थियो । यो फिल्ममा केही नायकको नाम समेत जोडिएको थियो । युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसनका लागि [email protected] मा इमेल गर्न आग्रह गरिएकाे छ । 

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । साउथ इन्डियन फिल्मको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्मलाई केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट