परीक्षणका लागि मेलम्चीको पानी सुरुङमा पठाइयो-Sutra News

परीक्षणका लागि मेलम्चीको पानी सुरुङमा पठाइयो

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

सिन्धुपाल्चोक– बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै सुरुङ परीक्षणका लागि पानी पठाइएको हो । 



आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिएको छ । पानी परीक्षण कार्यको शुभारम्भ खानेपानी तथा सरसफाई मन्त्री मणि थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सोमबार संयुक्त रूपमा गरेका हुन् । सुरुङ भर्न १६ दिन लाग्ने बताइएको छ ।

सुरुङमा पानीको परीक्षण गत असारमै गरिएको भए पनि म्बाथानको अडिटको मुख्य गेट नं १७ फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक एडीबीको अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको छ ।

परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालहरुसँग समन्वय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट