बाबुरामलाई भोलि अस्पताल भर्ना गरिने-Sutra News

बाबुरामलाई भोलि अस्पताल भर्ना गरिने

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

काठमाडौं- आन्द्रामा ट्युमरको आशंकामा उपचारको लागि नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई भोलि अस्पताल भर्ना हुने भएका छन् । 



भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भर्ना भई उहाँको स्वास्थ्यको थप परीक्षण हुनेछ । भोलि उहाँलाई अस्पतालमा भर्ना गरिनेछ’ डा.भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन् । 

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा डा.भट्टराईले परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट