‘चुरीफुरी’ काे छायांकन सकियो-Sutra News

‘चुरीफुरी’ काे छायांकन सकियो

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

काठमाडौं- समसामयिक विषयमा ऋषिराज आचार्यले निर्माण गरेको कमेडी फिल्म ‘चुरीफुरी’ को सुटिङ सकिएको छ । पुस अन्तिमबाट छायांकन थालिएको फिल्मको करिब ४३ दिनमा ‘इन्ड कल्याप’ गरिएको जानकारी निर्देशक आचार्यले दिएका छन् ।



आरबि मुभीजको ब्यानरमा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे),पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया),कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, मनिल तामाङ, जीपी पाठकलगायतका कलाकारको अभिनय गरेको फिल्म राहुल राईले खिचेका हुन् ।

निर्देशक आचार्यकै लेखन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल छन् । सहनिर्मातामा भने बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् ।

दीपक शर्माको संगीत रहेको फिल्मका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनीशा पौडेललको स्वर छ । भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको फिल्मको कला निर्देशक बिजय आचार्य छन् ।

कथाको मागअनुरुप नै फिल्ममा नयाँ तथा हाँस्य ब्याङ्ग्य क्षेत्रका कलाकारको बाहुल्यता रहेको निर्देशक आचार्य बताउछन् । चर्चित मोडेल अभिषेक श्रेष्ठले हिरोका रुपमा डेब्यु गरेको ‘चुरीफुरी’ को सम्पादन नवीन निरौलाले गरिरहेका छन् ।

नवप्रतिभाहरू अडिसन मार्फत छनौट गरिएको बताउँदै निर्देशक आचार्यले ‘चुरीफुरी’ को प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट