कांग्रेस नेता रानाभाटको निधन-Sutra News

कांग्रेस नेता रानाभाटको निधन

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

काठमाडौं- कांग्रेस नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको सोमबार दिउँसो चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उपचारका लागि उनलाई मेडिकल कलेजमा भर्ना गरिएको थियो ।



चितवनको रत्ननगर नगरपालिका-१४ पिठुवाका रानाभाट २०५६ सालमामा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

रानाभाटले नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

उनको दाहसंस्कार मंगलबार देवघाटमा हुने बताइएको छ ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रानाभाटको निधनबाट आफू स्तब्ध भएको उल्लेख गर्दै लोकतन्त्र प्राप्तिको आन्दोलनका रानाभाटले खेलेको भूमिकाको पार्टीले संधै उच्च मूल्यांकन गर्ने बताएका छन् ।

कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ ।  जिल्ला सभापति जीतनारायण श्रेष्ठले रानाभाटको निधनले सिंगो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताए ।

उनले मंगलबार श्रद्धाञ्जली लागि बिहान ८:३० बजेदेखि एक घण्टा रानाभाटको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट