प्रधानन्यायाधीश जबरालाई भेट्न सर्वोच्चमा किन पुगे प्रधानसेनापति थापा ?-Sutra News

प्रधानन्यायाधीश जबरालाई भेट्न सर्वोच्चमा किन पुगे प्रधानसेनापति थापा ?

सोमबार, १० फाल्गुन २०७७

सोमबार, १० फाल्गुन २०७७

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्चमा पुगेका हुन् ।



जंङ्गीअड्डा स्रोतका अनुसार प्रधानसेनापति थापा सेनाले भोगचलन गर्दै आएको जग्गाको विषयमा कुराकानी गर्न सर्वोच्चमा पुगेका हुन् ।

सेनाको नेपाल क्याबलरी गणको भोगचलनमा रहेको नौ रोपनी भवनमा सर्वोच्च अदालतको नयाँ भवन बन्न लागेको र त्यसबारे छलफल तथा समन्वयका लागि प्रधानन्यायाधीशले बोलाएका हुन् ।

सोमबार दिउँसो राणालाई भेट्न थापा उनको कार्यकक्षमै पुगेका थिए । कतिपयले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला अन्तिम चरणमा पुगेका बेला प्रधानन्यायाधीश र सेनाका प्रमुखबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरे पनि यसबारे कुनै कुराकानी नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट