कञ्चनपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताएका छन् । बेदकोट नगरपालिका-२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ । म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।’
प्रम ओलीले जनतालाई समस्यामुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए ।