Logo

शुक्रवार, फाल्गुण १४ गते २०७७

रोनाल्डोको ऐतिहासिक प्रदर्शनमा युभेन्ट्सको जित

रोनाल्डोको ऐतिहासिक प्रदर्शनमा युभेन्ट्सको जित

सूत्र न्यूज

११ फाल्गुण २०७७
  • 200
    SHARES
  • रोनाल्डोको ऐतिहासिक प्रदर्शनमा युभेन्ट्सको जित

    काठमाडौं- क्रिस्टियानो रोनाल्डोले शानदार प्रदर्शन गर्दा इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ ।

    सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीले एक गोल गरे ।

    खेलको ३८औँ र पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले हेडमार्फत गोल गरेका थिए ।

    ६६ औँ मिनेटमा वेस्टनले गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए । जितसँगै युभेन्ट्स २२ खेलमा ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

    क्रोटोन १२ अंकसहित पुछारमा छ ।


    प्रकाशित :फाल्गुण ११, २०७७ मंगलवार - ०७:४६:२१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.