प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक, यी हुन् छलफलका एजेण्डा-Sutra News

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक, यी हुन् छलफलका एजेण्डा

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । मंगलबार बिहान १० बजे बस्ने गरी बैठक बोलाइएको छ ।



त्यसअघि सुरक्षा परिषद बैठक बस्ने रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिए । सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजै मन्त्रिपरिषद बैठक बस्ने पनि जानकारी दिए ।थापाले भने, ‘मन्त्रिपरिषद बैठक बस्दैछ । त्यसअघि परिषद बैठक बस्न सक्छ,’ उनले भने ।

दुबै बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल हुने स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट