काठमाडौं- मंगलबार नेपाली बजारमा प्रतितोला सुनको भाउ ११ सयले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार १०० रहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँ रहेको छ ।
त्यस्तै चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढ्दै प्रतितोला १३ सय ६० रुपैयाँ पुगेको छ ।