रवि लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन सञ्चालनमा ल्याउने-Sutra News

रवि लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन सञ्चालनमा ल्याउने

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं- चर्चित सञ्चारकर्मी रवि लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । गोर्खा मिडिया नेटवर्कले मंगलबार राजधानीमा एक कार्यक्रम गरी नयाँ टेलिभिजन ल्याउन लागेको घोषणा गरेका हुन् ।



उक्त टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित हुने लामिछानेले जानकारी दिए । लामिछानेले केही समयअघि मात्र न्यूज २४ टेलिभिजन छाडेका थिए ।

उक्त टेलिभिजनमा लामिछानेले चलाएको ‘सिधा कुरा जनतासँग’ कार्यक्रम निकै चर्चित बनेको थियो । उनी नयाँ टेलेभिजन खोल्नकै लागि भनेर हालै सो संस्थाबाट बाहिरिएका थिए ।

उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जति पनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने ।

सो टेलिभिजनको अध्यक्षमा जीबी राई रहनेछन् भने प्रबन्ध निर्देशकमा स्वयं लामिछाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट