काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।
उपचारको क्रममा भारतमा रहेका डा.भट्टराईले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै ट्ववीट गरेर यस्तो टिप्पणी गरेका हुन् ।
‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’ उनले ट्वीटरमा लेखेका छन् ।