काठमाडौं- सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना गर्ने फैसला भएपछि नेपार्टी प्रचण्ड–नेपाल समूहले देशभरि खुसीयाली मनाइरहेको छ ।
चितवनमा रहेका उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुसी साटेका छन् ।
भोलि चितवनमा हुने आमसभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल चितवन पुगेका थिए ।
अब उक्त समूहले भोलिको सभालाई विजय सभाका रूपमा मनाउने भएको छ ।