ओलीलाई प्रचण्डले भने- नैतिकता भए राजीनामा दिनुस्-Sutra News

ओलीलाई प्रचण्डले भने- नैतिकता भए राजीनामा दिनुस्

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं- नेकपा (प्रचण्ड-माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।



सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् ।

‘यदि तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ चितवनबाट मंगलबार साँझ प्रचण्डले भने ।

उनले मूल पार्टीमा सांसदहरूलाई फर्कन आग्रह गरेका छन् । ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको उनले बताए ।

सर्वोच्चले आज प्रतिनिधि सभा विघटनलाई बदर गरेको छ । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट