दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै-Sutra News

दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ ।



सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि दाहाल–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो ।

अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट