काठमाडौं- नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँ थियो ।
तेजाबी सुनको भाउ तोलामा पनि तीन सय रुपैयाँले घटेर ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तेजाबी सुनको भाउ ८९ हजार छ सय ५० रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।