ओली समूहका नेताले नै मागे प्रधानमन्त्रीको राजीनामा-Sutra News

ओली समूहका नेताले नै मागे प्रधानमन्त्रीको राजीनामा

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा नेता किरण गुरुङले अहिलेको सबै भन्दा उत्तम विकल्प प्रधानमन्त्रीको राजीनामा नै रहेको बताएका छन् ।



नेकपाको ओली खेमाका स्थायी कमिटि सदस्य गुरुङले सर्वोच्च अदालतको फैसला मान्नु पर्ने र सो आधारमा ओलीले पदबाट राजीनामा दिँदा सबैका लागि हित हुने बताएका हुन् ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका उनले भने, ‘संसद विघटनका सम्बन्धमा सर्वोच्चको फैसला आएको छ । त्यसलाई मान्नुको विकल्प छैन । अहिलेका लागि सबैभन्दा राम्रो भनेको प्रधानमन्त्रीज्यूले नैतिकताका आधारमा राजीनामा दिनु नै हो । त्यसपछि बरु संसद फेस गर्न पनि सजिलो होला ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट