प्रधानमन्त्रीको राजीनामाबारे परामर्श जारी छः प्रदीप ज्ञवाली-Sutra News

प्रधानमन्त्रीको राजीनामाबारे परामर्श जारी छः प्रदीप ज्ञवाली

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे दलहरुसँग परामर्श भइरहेको बताएका छन् ।



बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले मुलुकलाई अन्यौलमा नराख्ने बताए हुन् ।

‘प्रधानमन्त्री निकास दिनुहुन्छ, राजीनामाबारे दलहरुसँग परामर्शमा छौँ, प्रवक्ता ज्ञवालीले भने, ‘मुलुकलाई अन्यौलमा राख्नुहुँदैन भन्नेमा हामी छौँ ।’

स्थायी समितको बैठकले सर्वोच्चको फैसला र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको उनले बताए । सरकारले अदालतले तोकेको मितिभित्रै प्रतिनिधिसभा बैठकको आह्वान गर्ने उनले बताए ।

उनले छिट्टै केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट