काठमाडौं- प्रतिनिधिसभा विघटन बदर भएपछिको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति देउवाले बिहीबार अपरान्ह ३ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन् ।
देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘भोलि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ, बाहिर रहेका नेताहरू आजै साँझ काठमाडौं आइपुग्नुहुनेछ ।’
बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालसँग देउवाले आफ्नै निवास बूढानीलकण्ठमा छलफल गरेका थिए । सत्ता समीकरणका विषयमाा पार्टीमा छलफल गरेर मात्रै निर्णय दिने प्रचण्ड-नेपालाई देउवाले भनेका छन् ।