राष्ट्रपतिको उपस्थितिमा पशुपतिमा राखियो सुनको जलहरी-Sutra News

राष्ट्रपतिको उपस्थितिमा पशुपतिमा राखियो सुनको जलहरी

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो ।



गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए ।

जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरेकी छन् । जलहरी राख्ने काम सकिएको र अब ३ दिनसम्म क्षमा पूजा गर्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।

पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

१ सय ८ किलोको सुनको जलहरी राख्नका लागि ८० करोड रुपैँया खर्च भएको कोषले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट