डा. गोविन्द केसीको अनशन स्थगित-Sutra News

डा. गोविन्द केसीको अनशन स्थगित

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आजबाट गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् ।



संसद् विघटनको विरोध गर्दै संविधान रक्षाको माग गर्दै उनले आजदेखि अनशन बस्ने घोषणा गरेका थिए ।

बुधबार माइतीघरमा पत्रकार सम्मेलन गर्दै डा.केसीले आफूसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने बताए ।

प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट