‘कमेडी च्याम्पियन सिजन-२’ को घोषणा-Sutra News

‘कमेडी च्याम्पियन सिजन-२’ को घोषणा

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

काठमाडौं- रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन-२’ को घोषणा गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ‘कमेडी च्याम्पियन सिजन-२’ को घोषणा गरिएको हो ।



थ्री प्रोडक्सनको प्रस्तुतिमा विशाल भण्डारीले निर्देशन गर्ने उक्त रियालिटी शोको कार्यकारी निर्मातामा अभिनेत्रीद्वय केकी अधिकारी र रिमा विश्वकर्मा रहेका छन् ।

रिमा उक्त शोको होस्ट पनि हुन् । कार्यक्रम कान्तिपुर टिभीबाट प्रसारण हुनेछ । कान्तिपुरले कमेडी च्याम्पियनको आगामी ५ वर्षसम्मको प्रसारण अधिकार पनि लिइसकेको छ ।

निर्देशक विशाल भण्डारीले पहिलो सिजनको कमी कमजोरीलाई सुधार गर्दै सिजन दुईलाई अझै उत्कृष्ट बनाएर लैजाने बताएका छन् ।

सिजन-२ मा पनि पहिलो सिजनकै हास्यकलाकारद्वय सन्तोष पन्त, मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्माले जजको भूमिका निर्वाह गर्ने छन् ।

फागुनको २१ गते अर्थात् मार्च ५ गतेदेखि प्रसारण हुने कार्यक्रम जम्मा ३५ भाग प्रसारण हुनेछन् । शुक्रबार र शनिबार बेलुकी ९ देखि १० बजेसम्म प्रसारण हुने कार्यक्रमका विजेताले २५ लाख नगद र कार उपहार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट