यस्तो छ गायत्रीको ‘आफ्नो कथा’ [भिडियो]-Sutra News

यस्तो छ गायत्रीको ‘आफ्नो कथा’ [भिडियो]

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

काठमाडौं- नेपाली गीत/संगीतको क्षेत्रमा गायत्री पाण्डेले प्रवेश गरेकी छिन् । लामो समय जापानमा बसेर स्वदेश फर्किएकी पाण्डेले मनोरञ्जनको दुनियाँ एउटा इँटा थपेकी हुन् । 



उनले केही दिनअघि एउटा गीत सार्वजनिक गरेकी छिन् । उनको गीत हो ‘आफ्नो कथा’ ।

गायिका सज्जा चौलागाईंले गायत्रीको शब्दलाई स्वरमा भरेकी छिन् । गीत विश्व डिजीटलमार्फत् शनिबार सार्वजनिक गरिएको हो ।

आर के लामाले संगीत भरेको गीतको एरेन्ज बिनय कार्कीको रहेको छ । एलिना रायमाझी र राजेस बि.सीको अभियन रहेको गीतको भिडियोलाई राजकुमार मगरले निर्देशन गरेका छन् ।

गीतको बजार ब्यवस्थापन ताजा इन्टरटेन्ट्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट