वैवाहिक जीवनमा बाँधिए अन्जु र थीर-Sutra News

वैवाहिक जीवनमा बाँधिए अन्जु र थीर

बुधबार, १२ फाल्गुन २०७७

बुधबार, १२ फाल्गुन २०७७

काठमाडौं- गायिका अञ्जु पन्तले थीर कोइरालासँग विवाह गरेकी छिन् । बुधबार गायिका अन्जु र थीरले पाटनस्थित एक चर्चमा विवाह गरेका हुन् ।



विवाहपछि अन्जुले सामाजिक सञ्‍जाल फेसबुकमा विवाहको भिडियो राखेकी छिन् । उक्त भिडियोमा अन्जुले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक बनाएकी छिन् ।

केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग धेरै निष्किएको बताएकी थिइन् ।

अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न दबाब दिएको अन्‍जुले दिने प्रायः हरेक अन्तर्वार्तामा पनि भन्‍दै आएकी थिइन् ।

गायिका पन्तको फाउन्डेसनमा पनि थीरले काम गरेका छन् । साथी हुँदै उनीहरू जीवनसाथी बनेका छन् ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट