भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दोहोर्याए ।
उनले भने, ‘राजीनामा दिने हामी कायर हो र ? कुनै पनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ ।’
संसद् सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्रीले फेस गर्ने बताए ।
‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौं तर यो निर्णयले झन् विवाद बढाएको छ,’ सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मूल्यांकन गर्नेछन् ।’