कुरिलोका फाइदा-Sutra News

कुरिलोका फाइदा

बिहिबार, १३ फाल्गुन २०७७

बिहिबार, १३ फाल्गुन २०७७

-कुरिलो पोषिलो तरकारी मात्रै हैन औषधीय गुणसहितको खानपान पनि हो । यो मानव जीवनका लागि अत्यन्तै फाइदाजनक मानिएको छ ।



-यसको सुकेको वा ताजै जरालाई पिँधेर धुलो भए दुई चार चम्चामा ज्वालो मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दुध नआएमा दुध आउँछ ।

-यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको रसलाई दिनको दुईपटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने ठिक गर्छ ।

-यसले वातरोगलाई निर्मूल पार्छ ।

-यसले मस्तिष्कको दुर्बलतालाई हटाउँछ ।

-यसले पुरुषहरुको विर्य कम आउने र पातलो आउनेलाई पनि मात्रा बढाउँछ ।

-राम्रोसँग पिसाब नआउने समस्या हल गर्छ ।

-यसले आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह जस्ता रोगहरुलाई नियन्त्रण गर्दछ ।

 ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट