देशमा पर्याप्त स्वास्थ्य उपकरण नभएकोप्रति बाबुरामको चिन्ता-Sutra News

देशमा पर्याप्त स्वास्थ्य उपकरण नभएकोप्रति बाबुरामको चिन्ता

बिहिबार, १३ फाल्गुन २०७७

बिहिबार, १३ फाल्गुन २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा पर्याप्त स्वास्थ्य उपकरण नभएकोप्रति चिन्त व्यक्त गरेका छन् । नयाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा उपचाररत डा.भट्टराईले बिहीबार ट्वीटमार्फत यस्तो चिन्ता व्यक्त गरेका हुन् ।



DOTA-NOC,PET Scan यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था देशमा किन गर्न सकेनौं भन्ने मनमा घोचिरहेको उनले बताएका छन् ।

उनले ट्वीटरमा भनेका छन्,’दिल्लीमाDOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगर्दा हामीले देशमा यी उपकरण/सुविधाको पर्याप्त व्यवस्था किन गर्न सकेनौं भन्ने मनमा घोचिरह्यो !केही बर्ष पहिले अर्थ/स्वास्थ्य मन्त्रालयमा यसबारे आफुले घच्घचाए पनि किन भएन?भ्यूटावर,जलहरी सट्टा यता ध्यान खै ? नमरी स्वर्ग नदेखिने नै हो ?’ 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट