Logo

आइतवार, बैशाख ५ गते २०७८

इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा पाँचको मृत्यु, ७० जना बेपत्ता

इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा पाँचको मृत्यु, ७० जना बेपत्ता

सूत्र न्यूज

१३ फाल्गुण २०७७
  • 428
    SHARES
  • इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा पाँचको मृत्यु, ७० जना बेपत्ता

    इन्डोनेसिया- इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब ७० जना बेपत्ता भएका प्रकोप निन्त्रयण निकायले मङ्गलबार जानकारी दिएको छ ।

    प्रान्तीय प्रकोप व्यवस्थापन निकायका प्रमुख दातु पामुसु टोम्बोलोटुटुले घटनास्थलबाट सिन्हवा समाचार समितिलाई टेलिफोन गरेर भारी वर्षाका कारण परिगी माउन्टोङजिल्लाको बुरंगा गाउँमा रहेको परम्परागत सुन खानीमा पहिरो सुरु भएको बताएका थिए ।

    पाँचवटा लासहरू भेट्टिएको र अन्य ७० जना हराइरहेका ती मध्ये धेरै जमिनमुनि गाडिएको अनुमान गरिएको पामुसुले बताएका छन् ।

    बुधवारदेखि हराएका व्यक्तिहरुको खोजी र उद्धारको कार्य सुरु गरिएको छ, एउटा उत्खननकर्ता र अन्य उपकरणहरू घटनास्थलमा खटाइएको पनि पामुसुले बताएका छन् ।

    सैनिक, प्रहरी, स्थानीय खोजी र उद्धार कार्यालयका कर्मचारी र प्रकोप एजेन्सीका स्वयंसेवकहरू लगायत खोज र उद्धार अभियानमा संलग्न रहेको अधिकारीले बताएका छन् ।

    images
    images

    प्रकाशित :फाल्गुण १३, २०७७ बिहिवार - १३:११:१५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.