कोरोना ग्राफः थपिए ११२, ८४ निको, १ जनाको मृत्यु-Sutra News

कोरोना ग्राफः थपिए ११२, ८४ निको, १ जनाको मृत्यु

बिहिबार, १३ फाल्गुन २०७७

बिहिबार, १३ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । युरोपका केही देशमा कोरोनाकै कारण सयौंको मृत्यु भइरहेको बेला नेपालमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या न्युन छ ।



बिहीबार नेपालमा २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ ।

गत २४ घण्टामा ३ हजार ४ सय ११ पीसीआर परीक्षण भएको छ । गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट