कानुनी रूपमा नेकपा विभाजित भएपछि मात्रै सरकारबारे निर्णय गर्ने कांग्रेसको निष्कर्ष-Sutra News

कानुनी रूपमा नेकपा विभाजित भएपछि मात्रै सरकारबारे निर्णय गर्ने कांग्रेसको निष्कर्ष

बिहिबार, १३ फाल्गुन २०७७

बिहिबार, १३ फाल्गुन २०७७

काठमाडौं- राजनीतिक रूपमा विभाजित भएको नेकपा कानुनी रूपमा समेत फुटेपछि मात्रै कांग्रेसले भावी सरकारबारे निर्णय गर्ने भएको छ ।



प्रतिनिधिसभा पुनःस्थापना पछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बसेको पदाधिकार तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

पुनःस्थापना पछि नेकपाको पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षले बुधबार देउवालाई भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका थिए । नेकपाको अर्को पक्ष ओली खेमाले पनि कांग्रेसलाई सरकार सहकार्यका लागि निरन्तर प्रस्ताव गरिरहेको छ ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेकपा विभाजन नभइ निर्णय लिनु उपयुक्त नहुने बताए ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘छोरो नपाई कन्दी बाट्ने कुरा छैन । नेकपाको कुरा क्लिएर भएपछि मात्रै कांग्रेसले निर्णय गर्छ । उनीहरू विभाजन भएका हुन् कि होइनन् ? त्यसमा प्रष्ट हुनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट