नेकपाले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा दिन खोज्योः नेता बस्नेत-Sutra News

नेकपाले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा दिन खोज्योः नेता बस्नेत

बिहिबार, १३ फाल्गुन २०७७

बिहिबार, १३ फाल्गुन २०७७

काठमाडौं- कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आपसी विवादका कारण नेकपाले सरकार चलाउन नसकेर कांग्रेसलाई जिम्मा दिन खोजिएकाले अहिले तत्काल सरकारको नेतृत्व कांग्रेसले गर्न नहुने बताएका छन् ।



नेपाल लोकतान्त्रिक खेलकुद संघले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम एवं शिव पौडेलको हत्यारालाई आममाफी दिइएको विरोधमा आयोजित सभामा पूर्वसञ्चारमन्त्री बस्नेतले भने, ‘अहिले कांग्रेसले जनताको प्रतिनिधित्व गर्नुपर्छ । सरकारको नेतृत्व लिनु हुँदैन ।’

जनताले सरकार चलाउने जिम्मा कम्युनिस्टलाई दिएको बताउँदै उनले कांग्रेसले जनताको निर्णय कुर्नुपर्ने बताए ।

अबको कांग्रेस सच्चिन आवश्यक रहेको उनको भनाइ थियो । कांग्रेसले रुखमा भोट मात्रै हाल्ने बानी बसाल्ने हो भने पनि सकारात्मक सोचका साथ जित हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट