Logo

आइतवार, बैशाख ५ गते २०७८

तेस्रो टेस्टमा भारतले इंग्ल्याण्डलाई हरायो

तेस्रो टेस्टमा भारतले इंग्ल्याण्डलाई हरायो

सूत्र न्यूज

१४ फाल्गुण २०७७
  • 217
    SHARES
  • तेस्रो टेस्टमा भारतले इंग्ल्याण्डलाई हरायो

    काठमाडौं- इंग्ल्याण्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट खेलमा भारतले जीत हासिल गरेको छ । बिहीबार राति भएको खेलमा भारत १० विकेटले विजयी भएको हो ।

    भारतका लागि रोहित शर्माले नटआउट २५ र शुभमान गिलले नटआउट १५ रन बनाए । दोस्रो खेलमा भारतले इंग्ल्याण्डलाई ८१ रनमै अलआउट गरेको थियो ।

    पहिलो खेलमा भारतले १४५ रन बनाएको थियो । यस्तै इंग्ल्याण्ड ११२ रनमै अलआउट भएको थियो ।

    पहिलो खेलमा भारतका लागि रोहित शर्माले ६६ रन जोडे । यस्तै अक्षर पटेलले ११ विकेट लिए । पहिलो खेलमा ६ विकेट लिएका पटेलले दोस्रो खेलमामा ५ विकेट लिएर भारतलाई तेस्रो टेस्ट जिताए ।

    उक्त टेस्टमा पटेल म्यान अफ दी म्याच घोषित भए । टेस्टमा रविचन्दन आश्विनले ७ विकेट लिएका थिए । भारतले चार खेलको टेस्ट सिरिजमा २-१ को अग्रता लिएको छ ।

    यसअघि पहिलो टेस्ट भने इंग्ल्याण्डले जितेको थियो ।

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - ०७:३८:३१

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.