म्याग्दी- सदरमुकाम बेनी बजारमा बिहीबार एक वृद्धा लुटिएका छन् ।
बेनी नगरपालिका-४ डाडाखेतकी ७६ वर्षीया पुतली किसानले कानमा लगाएको गहना लुटिएको हो ।
दुई जना युवाले नेपाल विद्युत् प्राधिकरणको कार्यालय मुनी लगेर कानमा लगाएको आधा तोला सुनको रिङ लुटेर भागेका पीडित किसानले बताइन् ।
गहना लुटिएपछि किसान बिलौना गर्दै विद्युत् प्राधिकरणको कार्यालयमा पुगेकी थिइन् ।