कुटपिटको आरोपमा नायक पल शाहविरुद्ध उजुरी-Sutra News

कुटपिटको आरोपमा नायक पल शाहविरुद्ध उजुरी

शुक्रबार, १४ फाल्गुन २०७७

शुक्रबार, १४ फाल्गुन २०७७

विराटनगर- नायक पल शाह र उनका सहायक कृष्णप्रसाद जोशीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा कुटपिटको उजुरी परेको छ ।



म्यूजिक भिडियोको छायांकनका क्रममा धरान पुगेका शाह र जोशीले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश–१ का अध्यक्ष अरुणकुमार प्रधानलाई हातपात गरेको उजुरी परेको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

बुधबार धरानकै एक होटलमा खाना खाने क्रममा आफूमाथि कुटपिट भएको भन्दै प्रधानले बिहीबार दिउँसो प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

उजुरीमा नायक शाह र उनका म्यानेजर जोशीले कुटपिट गरेको उल्लेख छ । कुटपिटको उजुरी परेसँगै प्रहरीले दुवै पक्षलाई शुक्रबार दिउँसो १ बजे छलफलका लागि कार्यालयमा बोलाएको बस्नेतले जानकारी दिए ।

घटनाबारे नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा नायक शाहको चलचित्र धरानमा पूर्ण रूपमा रोक लगाउने चेतावनी दिइएको छ । 

  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट