काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
उनलाई शुक्रबार बिहान मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको नेविसंघका नेता यूपी लामिछानेले बताए ।
नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर छ । अहिले उनको शल्यक्रिया भइरहेको लामिछानेले जानकारी दिए ।