‘अनानिक ब्युटी सलोन एन्ड स्पा’ को पाँचौ ब्रान्च बौद्धमा-Sutra News

‘अनानिक ब्युटी सलोन एन्ड स्पा’ को पाँचौ ब्रान्च बौद्धमा

शुक्रबार, १४ फाल्गुन २०७७

शुक्रबार, १४ फाल्गुन २०७७

काठमाडौं- ‘अनानिक ब्युटी सलोन एन्ड स्पा’ को पाँचौ ब्रान्चको ओपनिङ बौद्धमा गरिएको छ ।



सन् २००८ मा क्यानडाबाट सुरुवात भएको अनानिकले नेपालमा पाँचवटा ब्रान्च खोलेको छ । २०१३ मा वानेश्वरबाट सुरुवात भएको अनानिकको हाल दरबारमार्ग, पोखरा, लाविम मल र बौद्धमा ब्रान्च खोलिएको हो ।

बौद्ध ब्रान्चको ओपनिङ अभिनेत्री मनिषा कोइरालासहित दर्जन बढी सेलिब्रेटीले रिवन काटेर उद्घाटन गरेका हुन् ।

बिहीबार एक कार्यक्रमको आयोजना गर्दै गरिएको ओपनिङमा प्रतिनिधिसभा सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दिपकराज गिरी, कलाकार तथा निर्देशक दिपाश्री निरौला, गायिका समृद्धि राई, अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठ लगायतका दर्जन बढी सेलिब्रेटीले अनानिकको पाँचौ ब्रान्चको ओपनिङ गरे ।

अभिनेत्री मनिषा कोइरालाले अनानिक टिमलाई बधाई र सफलताको शुभकामना दिएकी छिन् । अभिनेत्री स्वस्तिमा खड्का भन्छिन्, ‘सुरविन र उहाँको टिमलाई धेरै शुभकामना । उहाँ र उहाँको टिमको मिहेनत नै उहाहरुको सफलताको पहिलो सूत्र हो ।’

निर्देशक दिपाश्री निरौलाले सफलताको शुभकामना दिदै सुरविन र उनको मिहेनतको तारिफ गरिन् । दिपा भन्छिन्, ‘सुरवीन र उहाको टिमको सेवा र यहाको हस्पिटालिटिले सधै आउनलाई आकर्षित गर्छ ।’

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले एक ऊर्जावान युवाले सौन्दर्य व्यवसायमा प्राप्त गरेको यो सफलता निकै तारिफयोग्य रहेको बताइन् ।

कार्यक्रममा बोल्दै अनानिकका संचालक सुरवीन राईले सबैको साथ र हौसलाले आफूले यो सफलता हासिल गरेको बताए ।

153663942_724118678298195_6028062028870841083_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट