थ्रिलर फिल्म ‘कालिपुरुष’ मा आबद्ध भइन् वर्षा-Sutra News

थ्रिलर फिल्म ‘कालिपुरुष’ मा आबद्ध भइन् वर्षा

शुक्रबार, १४ फाल्गुन २०७७

शुक्रबार, १४ फाल्गुन २०७७

काठमाडौं- अभिनेत्री वर्षा सिवाकोटीे नयाँ फिल्म ‘कालिपुरुष’मा आबद्ध भएकी छिन् ।



सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको यस फिल्मलाई नवनिर्देशक राधव आर्चयले निर्देशन गर्दैछन् ।

राधवले भारतमा वेबसिरिजमासमेत काम गरिसकेका छन् । फिल्ममा वर्षको अपोजिटमा भने नवअभिनेता रमेश बाँनियाले डेब्यु गर्ने भएका छन् ।

फिल्मको कथा र आफनो भूमिका राम्रो भएकोले उक्त फिल्म साइन गरेको वर्षाले बताएकी छिन् । फिल्मका लागि अन्य कलाकारहरूको भने छनोट कार्य भइरहेको छ ।

इभाना इन्टरटेन्मेन्ट ब्यानरमा निर्माण हुन लागेको फिल्मको लगानिकर्ता भने विना कार्की रहेकी छिन् ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन रहने छ । फागुनको अन्तिम साताबाट छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट