फागुन २३ गते संसद बैठक बोलाउन सरकारको सिफारिस-Sutra News

फागुन २३ गते संसद बैठक बोलाउन सरकारको सिफारिस

शुक्रबार, १४ फाल्गुन २०७७

शुक्रबार, १४ फाल्गुन २०७७

काठमाडौं- सरकारले फागुन २३ गते आइतबार संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले गत मंगलबार सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट