नायक पल शाहसँग सम्बद्ध घटना सहमतिमा टुंगियो-Sutra News

नायक पल शाहसँग सम्बद्ध घटना सहमतिमा टुंगियो

शुक्रबार, १४ फाल्गुन २०७७

शुक्रबार, १४ फाल्गुन २०७७

मोरङ- नेपाल चलचित्र महासंघ प्रदेश-१ का अध्यक्ष अरुणकुमार प्रधान, नायक पूर्णविक्रम शाह पल शाह र उनका सहायक कृष्ण जोशीबीच सहमति भएको छ । महासंघका अध्यक्ष प्रधानले ईलाका प्रहरी कार्यालय धरानमा शाह र उनका सहायक जोशीविरुद्ध उजुरी दिएका थिए ।



बुधबार राती खाना खाने क्रममा नायक शाहको निर्देशनमा सहायक जोशीले प्रधानउपर आक्रमण गरेको आरोप रहेको थियो । सोही घटनालाई लिएर प्रहरीले आक्रमण गर्ने जोशी र नायक शाहलाई छलफलका लागि शुक्रबार प्रहरी कार्यालयमा बोलाएको थियो ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले बेलुका प्रधान, शाह र जोशी तीनै जनाबीच लिखित सहमति भएको जानकारी दिए ।

तिनैजना चलचित्र क्षेत्रबाट भएको जनाउँदै आआफ्नो कमजोरी स्वीकार्दै सहमति भएको ओलीको भनाइ छ पीडित प्रधानका अनुसार नायक शाहले असमझदारीका कारण घटना भएको हुँदा मिलेर अघि बढौं भन्दै प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट