कोरोना संक्रमणमुक्त हुँदै काभ्रे-Sutra News

कोरोना संक्रमणमुक्त हुँदै काभ्रे

शनिबार, १५ फाल्गुन २०७७

शनिबार, १५ फाल्गुन २०७७

काभ्रे- काभ्रेमा कोरोना भाइरस संक्रमितको संख्या शून्यतातर्फ झरेको छ । काभ्रेपलाञ्चोकको १३ मध्ये हाल दुई स्थानीयतहमा चार संक्रमित छन् । एघार स्थानीय तह संक्रमणमुक्त भइसकेका छन् ।



हाल बनेपा नगरमा एक महिला र एक पुरुष तथा धुलिखेलमा एक महिला र एक पुरुष संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ ।

पोष्टका अनुसार बिहीबार छ संक्रमित रहेकोमा शुक्रबार दुई संक्रमित डिस्चार्ज भएका हुन् । जिल्लामा तीन हजार ३५० जनालाई कोरोना भाइरस संक्रमण भएका थिए ।

काभ्रेमा १४ महिलासहित ४५ को कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ९९ दशमलव ८९ प्रतिशत संक्रमणमुक्त भइसकेको जनाइएको छ ।

आवश्यकतामा मात्रै परीक्षण हुने गरेकाले पछिल्ला केही हप्तादेखि कोरोना संक्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने पोष्टले जनाएको छ । चार संक्रमित होम आइसोलेसनमा उपचाररत छन् ।

कोरोना संक्रमणविरुद्ध कोरोना खोपको पहिलो चरणअन्तर्गत काभ्रेपलाञ्चोकको छ हजार ७८९ ले लगाएका छन् ।

पहिलो प्राथमिकतामा परेका तीन हजार ४९४ र दोस्रो प्राथमिकताका तीन हजार २९५ लाई उक्त खोप लगाइएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट