पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिए-Sutra News

पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिए

शनिबार, १५ फाल्गुन २०७७

शनिबार, १५ फाल्गुन २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिएका छन् ।



यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ ।

देशभर हालसम्म ९६७ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट