मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुँदैनः प्रचण्ड-Sutra News

मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुँदैनः प्रचण्ड

आइतबार, १६ फाल्गुन २०७७

आइतबार, १६ फाल्गुन २०७७

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्तिले अदालतको अवहेलना नहुने बताएका छन् ।



अदालतको अवहेलना सम्बन्धि मुद्धाको जवाफ दिन सर्वोच्च अदालत पुगेका प्रचण्डले त्यस्तो जवाफ दिएका हुन् ।

प्रचण्डले सर्वोच्चलाई लिखित जवाफ बुझाउँदै वर्तमान सरकारको नेतृत्वले गलत उदेश्यले रिट दायर गरेकाले त्यसमा कुनै सत्यता नभएको बताएका हुन् ।

प्रचण्डले आफूहरुले निकालेको जुलुस, नारा र भाषणले स्वतन्त्र न्यायपालिकालाई प्रभाव नपार्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट