काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले झापा कमल-२ स्थित कमल खोला नवनिर्मित पक्की पुल उद्घाटन गरेका छन् ।
क्याम्पा बजारबाट धरमपुर जोड्ने सो पुलको लम्बाई १७० मिटर र चौडाइ ११ मिटर रहेको पुलको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।
सो पुलको ठेक्का मैनाचुली हिराचन अन्जना जेभी काठमाडौंले १६ करोड ६२ लाख ६४ हजार ९७५ रुपैयाँमा लिएको थियो ।
२०७२ माघ ६ गते ठेक्का सम्झौता भएको सो पुल हालै निर्माण सम्पन्न भएको छ ।