काठमाडौं- राष्ट्रियसभाकी सांसद तथा नेकपाकी केन्द्रीय सदस्य कोमल वलीले प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तका विरुद्ध कानुनी कदम चाल्नेबारे छलफलमा रहेको बताएकी छिन् ।
उनले भनिन्, ‘काठमाडौंमै भएकी भए कानूनी एक्सन लिन सजिलो पनि हुन्थ्यो । अहिले दाङमा छु । अहिले म यसबारे नै छलफलमा छु ।’
पन्तले केही दिनअघि भाषणका क्रममा नेतृ वलीलाई पिडुँला देखाएर सांसद भएको आरोप लगाएका थिए ।
एक कार्यक्रममा नेता पन्तले राजनीतिमा लामो सम संघर्ष गरेका महिलाहरूले कुनै पद नपाएको तर कोमल वलीले भने छोटो समयमै ठूला पद पाएको टिप्पणी गरेका थिए ।