प्रधानमन्त्रीले भने- विप्लवसँग छिट्टै वार्ता हुन्छ-Sutra News

प्रधानमन्त्रीले भने- विप्लवसँग छिट्टै वार्ता हुन्छ

आइतबार, १६ फाल्गुन २०७७

आइतबार, १६ फाल्गुन २०७७

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग छिट्टै वार्ता गरिने बताएका छन् । झापाको कमल गाउँपालिका-७ मा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



उनले वार्ताका लागि प्रकिया चलिरहेको र केही दिनमा नै यसबारेमा सबैलाई थाहा हुने पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अब विप्लव समूहलाई पनि चाँडै वार्तामा ल्याइन्छ, वार्ताद्वारा समस्या गरिनेछ । अबको केही दिनमै तपाईंहरूले घरमै बसी बसी सरकारले विप्लवसँग वार्ता भएको देख्नु हुनेछ ।’

सरकारले विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई प्रतिबन्ध लगाएको छ । केही समयअघि विप्लव समूहले एक विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक भएको बताएको थियो ।

अर्को प्रसंगमा बोल्दै उनले नेपाल विकासशील देशको सूचीमा परिसकेको र आफूहरू विकासको यात्रामा अघि बढेको बताए ।

‘विकासको क्रममा हामी अघि बढेका छौं, संयुक्त राष्ट्रसंघीय निकायले नेपाललाई विकासशील देशको सूचीमा राख्न सिफारिस गरि सकेकाले पनि हामी कता जाँदैछौं देखाएको छ, अलिकति समस्या शान्तिसँग जोडिएको विषय छ तर त्यो समस्याको चाँडै समाधान गरिने छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट