थप ७८ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु-Sutra News

थप ७८ जनामा कोरोना संक्रमण, एकजनाको मृत्यु

आइतबार, १६ फाल्गुन २०७७

आइतबार, १६ फाल्गुन २०७७

काठमाडौं- नेपालमा थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना पुष्टि भएको हो ।



योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार १४३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४०७ पुगेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट