काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले अग्रता फराकिलो बनाउँदै लगेको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिकोले भिल्लालाई २-० गोल अन्तरले हराउँदै अग्रता फराकिलो बनाउँदै लगेको हो ।
भिल्लाको मैदानमा एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले एक गोल गरे । भिल्लाका अल्फन्सो पेड्राजाले एक आत्मघाती गोल गरे ।
जितसँगै २४ खेलमा ५८ अंक जोडेको एट्लेटिको दोस्रो स्थानको बार्सिलोनाभन्दा ५ अंकले अघि बढेको छ ।
भिल्ला ३७ अंकसहित सातौँ स्थानमा छ ।