‘चिसो मान्छे’ को छायांकन सुरु-Sutra News

‘चिसो मान्छे’ को छायांकन सुरु

सोमबार, १७ फाल्गुन २०७७

सोमबार, १७ फाल्गुन २०७७

काठमाडौं- घोषणा भए देखिनै चर्चामा रहेको फिल्म ‘चिसो मान्छे’ को छायांकन सुरु भएको छ । सोमबार विहान पूजाआजा गरेर फिल्मको छायांकन थालिएको हो ।



दिपेन्द्र के खनाल निर्देशित यस फिल्मकाे छायांकनको शुरुवात गरे सँगै रिलिज मिति पनि तय गरिएकाे छ । निर्माण टिमले ११ भदौ २०७८ मा फिल्म रिलिज गर्ने बताएकाे छ ।

अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिका रहने फिल्मले नेपाली समाजको कथा बोल्ने छ । फिल्मको अधिकांश छायांकन भने बाजुरामा गरिने छ ।

शर्मिला पाण्डेको लगानीमा निर्मााण हुन लागेको उक्त फिल्ममा स्वस्तिामा र अर्पणका साथमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन वि.सी लगायतका कलाकारको पनि अभिनय रहने छ ।

निर्देशक दिपेन्द्रले फिल्म घाममा नखिचिने समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट